कृषि तालिम तथा प्रशिक्षण सामाग्री व्यवस्थापन प्रणाली

कृषिमा सूचना, संचार तथा प्रविधिको प्रयोग गरि कृषि बिकासको लागि आवश्यक परामर्श प्रदान गर्ने यस ड्रिमवर्क सोलुसनले कृषि र किसानका लागि तालिम तथा प्रशिक्षण सामग्रीहरु सरल र सहज रुपमा व्यवस्थापन गर्नको लागि “कृषि तालिम तथा प्रशिक्षण सामाग्री व्यवस्थापन प्रणाली” (edumala.com) निर्माण गरिरहेको छ । अध्ययन सामग्रीमा हरेक विषयसँग संबन्धित भिडियो, अडियो, प्रेजेन्टेसन, लेख, तस्विरहरु हुन सक्नेछन् । यसै अनुरुप अध्ययन सामग्री अन्तर्गतको भिडियो सामग्री बनाउनको इच्छुक कृषि विद्यार्थी, कृषि प्रसार, अनुसन्धान, अध्यापनसँग सम्बन्धित व्यक्तिहरुलाई आह्वान गरिएको छ । भिडियो सामग्री तरकारी खेति, फलफुल खेती, खाद्यान्न बाली खेती, मसला बाली खेती, पशु पालन, पन्छी पालन, मत्स्य पालन, तेलहन बाली, दलहन बाली, औद्योगिक बाली, कृषि तथा पशुपन्छी बीमा, लाभ लागत विश्लेषण तथा व्यवसायिक योजना, कृषि फर्म दर्ता, कृषि यान्त्रिकरण जस्ता बिषयसंग सम्बन्धि हुनुपर्ने छ | भिडियो बुझाउन सर्वप्रथम आफुलाई edumala.com प्लेटफर्ममा रजिस्टर गर्नु पर्ने हुन्छ, त्यसको लागि Register Now मा क्लिक गरि त्यहाँ सुझाए अनुसार रजिस्टर गर्नु पर्नेछ। तत्पश्चात, खुलेको पेजमा नियम तथा शर्तहरु पढी भिडियोको शिर्षक लेखि, भिडियोको प्रकार छनौट गरि भिडियो फाइल अपलोड गरि, त्यससँग सम्बन्धित Microsoft Word फाइल पनि अपलोड गरि सेभ गर्नुपर्नेछ।


भिडियो सामाग्री पठाउँदा पालना गर्नुपर्ने नियम तथा शर्तहरु


१. कृषि तालिम तथा प्रशिक्षण सामाग्री भिडियोको रुपमा रहनु पर्नेछ ।

२. भिडियो तरकारी खेति, फलफुल खेती, खाद्यान्न बाली खेती, मसला बाली खेती, पशु पालन, पन्छी पालन, मत्स्य पालन, तेलहन बाली, दलहन बाली, औद्योगिक बाली, कृषि तथा पशुपन्छी बीमा, लाभ लागत विश्लेषण तथा व्यवसायिक योजना, कृषि फर्म दर्ता, कृषि यान्त्रिकरण समन्धी विषयवर्गमा आधारित हुनु पर्ने छ ।

३. उक्त सामग्री किसानले बुझ्ने सरल किसिमको हुनु पर्ने छ ।

४. टाईपिंग तथा शिर्षक युनिकोड (Unicode) मा हुनुपर्छ र भिडियोमा पनि नेपाली भाषाको प्रयोग गरिएको हुनुपर्दछ तर अफ्ठ्यारो शब्दहरु तथा वैज्ञानीक नाममा भने अंग्रेजी भाषाको प्रयोग गर्न सकिन्छ ।

५. भिडियो धेरै लामो वा धेरै छोटो नभई कम्तिमा २० मिनेट र बढीमा ३० मिनेटको सम्म बनाउन सकिन्छ ।

६. भिडियो दुई किसिमको हुन सक्नेछन् – (क) स्लाइडमा आवाज राखेर बनाइएको र (ख) फार्म भ्रमणमा खिचिएको फुटेज ।

७. भिडियोको प्रथममा आफ्नो छोटो परिचय तथा अन्त्यमा Powered By: DreamWork Solution र इमेल ठेगाना - itchitwan@gmail.com भनि लेखिएको हुन पर्नेछ।

८. भिडियोमा प्रयोग भएका सामाग्रीहरुको अनिवार्य Unicode मा टाइप भएको Microsoft Word फाइल पनि बुझाउन पर्नेछ ।

९. सामग्रीहरु लेखकको आफ्नै शब्द र मौलिकतामा आधारित हुनुपर्दछ र तथ्यहरु प्रयोग गरेको खण्डमा सन्दर्भ सामग्री अनिवार्य रुपमा उल्लेख गर्नुपर्दछ ।

१०. स्थानीय तथा राष्ट्रिय तहमा सान्दर्भिक विषयहरुको अध्ययन गरी थप जानकारी समेत समेटिएको सामग्रीलाई विशेष प्राथमिकता दिईनेछ ।

११. एक व्यक्तिद्वारा बढिमा ५ वटा विभिन्न कोटिका सामग्री पठाउन सकिनेछ ।

१२. पठाईएका भिडियो सामाग्री, चुन्ने वा नचुन्ने सम्पूर्ण अधिकार ड्रिमवर्क सोलुसनमा निहित रहनेछ र माथि उल्लेखित मापदण्ड पूरा नभएको भिडियो सामग्री चयन गर्न बाध्य हुने छैन ।

१३. भिडियो सामाग्री चयन भएको जानकारी सामाग्री निर्माताको ईमेल ठेगानामा पठाइनेछ र पठाइएका लेख रचना ड्रिमवर्क सोलुसनसँग रहनेछन् र विभिन्न अनलाइन प्लेटफर्ममा प्रयोग हुन सक्नेछ ।

१४. मापदण्ड अनुरुप तयार गरि प्रयोगको लागि चयन भएका सामाग्रीको तयारकर्ताले मात्र पारिश्रमिक पाउने छन् ।

१५. पारिश्रमिकको रुपमा प्रति भिडियो रु २०००/- बैंक खातामा जम्मा गरिनेछ ।

register_now

Contact Us

DreamWork Solution
Bharatpur-12, Chitwan
Email: itchitwan@gmail.com


Rajiv Budhathoki : 9843407278
Soniya Basyal : 9867340403
Dikshya Poudel : 9846831516
Asmita Dahal : 9862074255

Edumala Guide